धर्म र बिज्ञानको अनौठो संगम बुढीगंगा क्षेत्र !



२६ फागुन २०७५, काठमाडौं

मसान घाटमा प्राय मलामी जाने गर्दछन्, तर इटहरीमा बुढीगंगा मुक्तीघाट भने मानिसको दाह संस्कारका लागि मात्र नभएर बिज्ञान र धर्मको संगम अवलोकनमा समेत जाने गरेका छन् । इटहरी उपमहानगरपालिका र सुन्दर हरैचा नगरपालिकाको सिमाक्षेत्र भएर बग्ने बुढीगंगा मुक्तघाट क्षेत्रलाई ब्यवस्थीत पारेर कलात्मक झाँकी मुर्ती निमार्ण गरिएपछि उक्त स्थानलाई धर्म र बिज्ञानको संगम मान्दै पर्यटक जान थालेका थिए । शव जलाउँदा बैज्ञानिक बिधी र ब्यवस्थापन नगर्दा स्थानीय क्षेत्र प्रदुषित बनेको थियो तर उक्त स्थानमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको अग्रसरतामा घाट क्षेत्र ब्यवस्थीत बनेपछी पर्यटन प्रवर्द्धन भएको हो । उक्त स्थानमा अझै धार्मीक पर्यटक तान्ने स्थानका रुपमा बिकास गर्न निजी क्षेत्रको पहलमा आर्कषक मन्दिर निमार्ण गरिएको छ ।

बिदेशी डिजाईन र निजी क्षेत्रकै १० करोडको लगानिमा निमार्णको अन्तिम चरणमा रहेको मन्दिर २०७५ साल भित्रै निर्माण सम्पन्न गर्ने गरी लागिएको मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष हेम प्रसाद घिमीरेले बताए ।  निजी क्षेत्रकै ठुलो लागतमा बन्दै गरेको मन्दिर निर्माणका लागि महमति स्वामी श्री प्राणनाथजीले देखाएको बाटो अनुसार स्तम्भ दान गरिएको थियो । त्यस्तै प्रदेश सरकार र सुन्दर हरैचा नगरपालिकाको सामान्य सहयोग रहेको मन्दिरमा  प्राणनाथजीकी शिष्य राधा माताले मात्र एक करोड सहयोग गर्नु भएको छ । पुर्व उप–प्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले शिलान्यास तथा पुर्व प्रधानमन्त्री सुशील कोईरालाले उद्घाटन गरेको मुक्तीधाम क्षेत्रलाई हाल इटहरीकै घुम्न लायक एउटा स्थानका रुपमा लिने गरिएको छ ।

नयाँ मन्दिरको निर्माण सकिए पश्चात पर्यटकको संख्यामा बृद्धी हुने घिमिरेको दाबी छ । नव निर्मीत मन्दिरको उद्घाटन राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्ने बताईएको छ ।

चतुर्थ शताब्दीमा अन्तर्राष्ट्रिय महामहोत्सव हुने
महामति प्राणनाथ प्राकट्य चतुर्थ शताब्दी अन्तर्राष्ट्रिय महामहोत्सव सुनसरीको इटहरीका चैत्र २३ गते देखि हुने भएको छ । निजानन्द सम्प्रदायका प्रवद्र्धक महमति स्वामी श्री प्राणनाथजीको जन्म भएको चार सय वर्ष पुगेको अवसर पारेर श्रीकृष्ण प्रणामी मन्दिर मुक्तीधाम इटहरीमा चतुर्थ शताब्दी महोत्सव हुने आज आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक समितिका संयोजक हेमप्रसाद घिमीरेले जानकारी दिए ।

दश करोडको लागत लाग्ने अनुमान गरिएको मन्दिर निर्माण कार्य समेत तिव्रगतिमा भईरहेको र धार्मिक महोत्सवको अवसरमै उद्घाटन गर्ने योजना रहेको बताईएको छ । निजी क्षेत्रकै लगानीबाट निर्मीत मन्दिर समग्र इटहरीको सम्पत्ति रहेको घिमिरले बताए ।

उनले मत्तारतम सागर ब्रहवाणी ४ सय पारायण तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । धार्मीक क्षेत्रको बिकास अन्र्तगत मन्दिर निर्माण सत्संघ भवन निर्माण तथा प्राणानाथ बाणी प्रशिक्षणको माध्यमबाट धर्मको प्रचार गरिने बताइएको छ ।

श्री कृष्ण प्रणामी धर्माचार्य जगत गुरु श्री १०८ कृष्ण मणिजी महाराज,जगत गुरु श्री १०८ सुर्य नारायण दासजी महाराज लगायत सन्त महात्मा गुरुहरुको उपस्थितिमा ४०० पारायण सहित मुक्तिधामको उद्धघाटन तथा कलश अनावरण आगमी चैत्र २३ गते देखि ३० गते सम्म हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्