
२५ फागुन २०७५, काठमाडौं
काठमाडौं महानगरपालिका वडा नं १५ स्थित मन्दिर तथा पार्क निर्माण कार्यको लागि काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमबाट एक करोड १५ लाख रुपैंया बजेट बिनियोजन गरेका छन् ।

काठमाडौं क्षेत्र नं ८ को स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत कामपा १५ को डल्लु चौतारा, डल्लु ढुंगे धारा, निपुहिति पार्क, डल्लु आवास ब्यायाम पार्क, चमती पार्क, स्वयम्भू मञ्जुश्री पार्क, छाउनी भुकम्प स्मृति पार्क, जगदोल पार्क, ससुख्वाट सरस्वती मन्दिरको पार्क र अन्नपुर्ण मन्दिर तथा पार्क निर्माण कार्यको लागि सांसद श्रेष्ठ सहित स्थानीय जनसमुदायले केही स्थानमा निरीक्षण समेत गरेका थिए ।






