
२५ फागुन २०७५, काठमाडौँ
काठमाडौँ महानगरपालिका वडा न. १५ स्थित नव जागृती मार्ग, डल्लु आवासमा ढल निकास सहित सडक कालोपत्रे गर्न डल्लुआवास स्थानीय सहयोग समितिको पहलमा काठमाण्डौ महानगरपालिका वडा न. १५ कार्यालय र महानगरपालिकाको तर्फबाट बजेट बिनियोजित गरिएको छ ।

उक्त ढल निकास सहित सडक कालोपत्रे गर्न प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा डल्लु आवास स्थानीय सहयोग सतिमिका अध्यक्ष राजा शाक्यको अध्यक्षतामा बसेको स्थानीय जनसमुदायको भेलाबाट कामको अनुगमन र निरीक्षण गर्न स्थानीय जनसमुदायको सल्लाह सुझाव एवम् सहयोगका लागि सम्बन्धित स्थानीयकै उपस्थितिमा दिर्ग महर्जनको संयोजकत्वमा ९ सदस्यीय नव जागृती मार्ग टोल सुधार उपसमिति गठन गरी निर्माण कार्य गर्ने सडकको निरीक्षण समेत गरिएको छ ।






