
२४ फागुन २०७५, काठमाडौँ
अन्तर्राष्ट्रिय महिला दिवस–२०१९ का सन्दर्भमा लैङ्गिक हिंसा र विभेदको अन्त्यको माग गर्दै युवाहरुले राजधानीको माईतिघर मण्डलामा एक घण्टा प्रदर्शन गरेका छन ।

युथ एड्भोकेसी नेपालद्वारा आयोजित कार्यक्रममा महिला हिंसा अन्त्य गरौ, समान कामको लागि समान ज्याला, महिलाको अधिकार सुनिश्चिता गरौ, नागरिकता विधेयकमा भएका विवेध अत्य गर लगायतका प्लेकार्डहरु युवाहरुले प्रदर्शन गरेका थिए ।

प्रदर्शनीलाई सम्वोधन गर्दै महिला हिंसा अन्त्य गर्नका लागि नीति, नियम र कानुनको व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यन्वयन नभएको युथ एड्भोकेसी नेपालकी महासचिव गीता चौधरीले वताईन ।

महिला हिंसा र विवेधको अन्त्य गर्नका लागि महिलालाई हेर्ने दृष्टीकोणमा पुरुषहरुको मगजमा क्रान्तिको जरुरत भएको आयोजक संस्था युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाको जिकिर थियो । महिला विरुद्धहुने हिंसा र विवेधलाई अन्त्य गर्न सामाजिक जागरण, आर्थिक सशक्तिकरण तथा राजनीतिक प्रतिनिधित्वलाई जोड दिनु पर्ने खतिवडाको जोड थियो ।

कार्यक्रममा महिला हिंसा र विवेध विरुद्ध युवाहरुले कविता पनि वाचन गरेका थिए । प्रदर्शनीको संचालन युवा अधिकारकर्मी तिर्थराज कोईरालाले गरेका थिए ।





