२० बर्षदेखि निरन्तर प्याब्सनमा क्रियाशील अध्यक्षका प्रत्यासी डिके ढुङ्गाना (भिडियो सहित)



२४ फागुन २०७५, काठमाडौं

नीजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन केन्द्रिय महाधिवेशनका सन्दर्भमा अध्यक्षका प्रत्यासी प्याब्सन केन्द्रिय वरिष्ठ उपाध्यक्ष डिके ढुङ्गानासँग परिवर्तनकर्मी विश्व आचर्यले गरेको कुराकानी भिडियो :

प्याब्सन बर्तमान समितिको वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । अध्यक्षको रुपमा आफू आउनु योग्य रहेको प्रष्ट पार्दै उनले भने,‘विभिन्न संस्थाहरुमा बरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने बिधान बनिरहेका छन, यद्यपि हाम्रो बिधानमा त्यो कुरा उल्लेख छैन । म किन अध्यक्ष बन्ने प्रश्नमा मेरो शिक्षा क्षेत्रमा २८ बर्षको अनुभव छ । २० वर्षदेखी मैले नीजि बिद्यालय चलाइरहेको छु । २० बर्षदेखि म प्याब्सनमा आवद्ध छु । प्याब्सनको महाधिवेशन प्रतिनिधि र तल्लो कमिटीदेखि मैले प्याब्सनको केन्द्रिय कार्य समितिमा बरिष्ठ उपाध्यक्ष भईसकेको छु । त्यसकारण म सँग सबै प्रकारका अनुभव छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थामा काम गरेको अनुभव म सँग छ । अहिले शिक्षा मन्त्रालय देखि स्थानीय स्तरसम्मको संरचनाको बारेमा मैले धेरै कुरा बुझेको छु । शिक्षाका ऐन, नियम, कानुन बन्ने क्रममा मैले त्यस्ता ठाउमा उपस्थिति जनाएको छु । किनभने मैले सङ्गठन एक कार्यकाल सचिव दुई कार्यकाल ५ बर्षसम्म सङ्गठनको महासचिव र वरिष्ठ उपाध्यक्ष भएर काम गरि सकेको अनुभव मसँग छ त्यसकारण अबको अध्यक्ष म हुनु पर्छ भनेर साबित गर्छु ।

कुराकानीका क्रममा उनले भने मैले सबै समस्या समाधान गर्ने हो । यो बिचमा नीजि बिद्यालय संचालक हामीहरुले के कुरा चुनौती बिहिन गर्यौ त । २०२८ को शिक्षा नियामली पछि जति नियम, नियामवली बने यी सबैमा कुनै न कुनै प्रकारले हामीलाई धरासायी बनाउन प्रयत्न भएकै हो । सबै चुनौतीको पहाड देखाएर म त्यसको हिमायती हो भन्नू उचित हैन । यति हो शिक्षा ऐन बनाइरहँदा ऐन बनाउन गठन भएको आयोजक सुझाव समितिले प्रतिबेदन सरकारलाई बुझाएको छ त्यो कति कार्यान्वयन गर्ने भन्ने कुरा र त्यो बाहिर आएपछी नीजि बिद्यालयको सन्दर्भमा निर्माण हुने परिस्थितिले हामीले कुन बाटो समात्ने भन्ने कुरा निक्र्याैल हुन्छ ।

उनले अध्यक्ष हुने अबसर प्राप्त गरेमा हालसम्म प्राप्त भएका सबै अनुभवलाई सङगालेर प्याब्सन र नीजि क्षेत्रलाई वाहीवाही भन्ने किसिमको बाताबरण निर्माण गर्ने बताए  ।

प्रतिक्रिया दिनुहोस्