तरहराबाट जोगवनि १० मिनेटमा पुग्न सम्भाव्यता अध्ययन



२४ फागुन २०७५, इटहरी

विराट मोनोरेल इन्टरनेशनलले नेपालमै पहिलो पटक प्रदेश १ मा मनोरेल कुदाउने तयारी थालेको छ ।  यो मोनोरेल निर्माणमा जापान र भारतले लगानी गर्ने भएका छन् । कम्पनीका प्रबन्ध निर्देशक काजीमान आत्रेयले मोनोरेल निर्माणका लागी जापान र भारतबाट ३० अर्ब लगानी भित्रिन लागेको जानकारी दिए । कम्पनीले जापानी प्रविधिमा अत्याधुनिक मोनोरेलको निर्माण गर्ने बताएको छ । ७० प्रतिशत विदेशी लगानी र ३० प्रतिशत स्वदेशी लगानीमा विराटनगर देखी दुहबी इटहरी हुँदै मनोरेल चल्ने बताएइएको छ । यो परियोजना आगामी ३ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आत्रेयले बताए ।

आन्तरिक तथा बाह्य पर्यटकहरूको गन्तव्य सँगै आकर्षक केन्द्र बनाउनका लागि विराट मोनोरेल ईन्टरनशनल प्रालिले ३० किलोमिटर सम्म मोनोरेल सञ्चालनको तयारी थालेको छ । आगामी तिन वर्षमा पुरा हुने गरी करिब ३२ अर्बको लगानीमा सो रेल सञ्चालनको तयारी भइरहेको हो । विराट मोनोरेल इन्टरनेशनल प्रलिका प्रबन्ध निर्देशक काजीमान आत्रेयले बताए ।

मोनोरेल निर्माण गर्न कम्पनीले सर्भे अनुमति मागेको छ । प्रदेश सरकारले सङ्घीय सरकारसँग अनुमति मागिदिए पनि अनुमति भने आएको छैन ।  निर्माणाधीन ६ लेनको सडकको बिचबाट मोनोरेल गुडाउने योजना छ । रेलका लागि बिचबिचमा खम्बा गाडिएको हुन्छ । मोनोरेल अन्य रेलभन्दा तीन गुणा सस्तो पर्ने बताइएको छ ।

यसले एक दशकभित्र आफ्नो लगानी उठाइसक्ने अनुमान कम्पनीको छ । मोनोरेलको एक तर्फी भाडा दर ५० रुपैयाँ प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । यो मोनोरेल निर्माणको लागि विराटनगर महानगरपालिका, बुढीगंगा नगरपालिका, दुहबी नगरपालिका र इटहरी उप महानगरपालिकाले सहमति दिई सकेका छन् । इटहरी पूर्वकै उदाउँदो सहर भएकाले सर्वे सहमति दिएको इटहरी उपमहानगरपालिका प्रमुख द्घारीकलाल चौधरीले बताए ।

मोनोरेलमा प्रदेश सरकार र सरोकारवाला अन्य स्थानीय तहरुहरुले पनि लगानी गर्न चासो देखाएका छन्  । मोनोरेलमा एक पटकमा ५ सय यात्रु क्षमता हुनेछ । रेल सञ्चालनमा ल्याउने विषयमा काम अघि बढेपनि स्टेसन कतिवटा र कहाँ कहाँ राखिने भन्ने विषयमा छलफल भइरहेको छ  । प्रदेश एकको विराटनगर,दुहवी इटहरी हुँदै तरहरा सम्म यात्रुहरू बोक्ने मोनोरल सञ्चालन भएमा १० देखि १५ मिनेट भित्रै तरहराबाट भारतीय बजार जोगवनि पुग्न सम्भव हुने छ ।

प्रतिक्रिया दिनुहोस्