नेपालगञ्जमा खाद्य स्वच्छता सम्वन्धी तालिम सम्पन्न



२४ फागुन २०७५, नेपालगञ्ज/ टंक रेग्मी

नेपालगञ्जमा खाद्य स्वच्छता स्वच्छता सम्वन्धी तीन दिने तालिम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाँके र होटल ब्याबसायी संघ बाँकेको समन्वयमा होटल तथा रेस्टुरेन्ट व्याबसायीहरूलाई खाद्य स्वच्छता सम्वन्धी तालिम दिइएको छ ।

तलिमको समापन गर्दै होटल ब्याबसायी संघ बाँकेका अध्यक्ष भिम लाल कडेलले नेपालगन्जमा अहिले देखिएको होटलहरूको अस्वस्थ प्रतिस्पर्धा भन्दा स्वास्थ्य खानाको प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताउनुभयो ।

कडेलले नेपालगन्ज क्षेत्रमा होटलहरूको संख्या धेरै भए पनि खाद्य स्वच्छतामा विशेष ध्यान दिदै होटल व्यवसायमा मर्या्दित भएर सबै लाग्नु पर्ने बताउनुभयो । खाद्य स्वच्छता सम्वन्धी ३१ जना होटल तथा रेस्टुरेन्ट व्याबसायीलाई तालिम दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्