
२२ फागुन २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालिकाले नगरस्तरीय ज्येष्ठ नागरिक समिति गठन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख उद्धवप्रसाद खरेल तथा विशेष अतिथि उपप्रमुख रमादेवी राई रहेका थिए ।

नगर भरिका ज्येष्ठ नागरिकको भेलाले बूढानीलकण्ठ नगरपालिकाका सवैभन्दा ज्येष्ठ जननिर्वाचित प्रतिनिधि राम बहादुर थिङ्ग संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको जानकारी गैर सरकारी संस्था महासंघ बूढानीलकण्ठ नगरपालिकाका संयोजक प्रदीप डंगोलले परिवर्तन खबरलाई बताए ।
१५ सदस्य समितिमा २ जना पछि थप्ने गरी हाललाई १३ सदस्य समिति गठन गरिएको छ। भेलामा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ का महासचिव छत्र प्रधानले समितिकाे काम, कर्तव्य र अधिकार, राज्यले दिएका सेवा र सुबिधा का बारेमा जानकारी गराएका थिए।
बूढानीलकण्ठ नगरस्तरीय ज्येष्ठ गरिक समिति
संयोजक : राम बहादुर थिङ्ग
सह–संयोजक : फणिन्द्र सैंजु
सदस्य सचिव : इन्दीरा श्रेष्ठ (महिला तथा बालबालिका शाखा)
सदस्यहरु :
गेविन्द के.सी.
मनु प्रसाद गर्तौला
कमला कुँवर
मिला बानियाँ
विष्णुमाया विसुखेँ
प्रेम बहादुर नगरकोटी
ज्ञानु तामाङ्ग
टेक बहादुर लामा
यसोदा देवी वाग्ले
लक्ष्मी उप्रेती





