प्याब्सनलाई टिकाराम पुरीको नेतृत्व आवश्यक छ : हरिकृष्ण श्रेष्ठ (भिडियो सहित)



२२ फागुन २०७५, काठमाडौं

सारा अभिभावकहरुले बिश्वास गरेको र आफ्ना छोरा छोरीको भविष्य त्यही छ भनेर देखेको नीजि विद्यालयहरुको छाता सङ्गठनको केन्द्रिय महाधिवेशन हुन गहिरहेको छ ।

यसै सन्दर्भमा यतिबेला हामीलाई हाम्रो समस्या समाधान गर्न सक्ने काबिल नेतृत्व चाहिएको छ भन्दै प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले १४ औं प्याब्सन महाधिवेशनका अध्यक्ष प्रत्यासी टिकाराम पुरीलाई समर्थन गर्ने भएका छन् ।

नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) १४ औं केन्द्रीय महाअधिवेशनको सन्दर्भमा परिवर्तनखबरकर्मी विश्व आचार्यले काठमाडौं जिल्ला कार्यसमितीका अध्यक्ष हरिकृष्ण श्रेष्ठसँग महाधिवेशनको विषयमा गरेको कुराकानीको भिडियो :

आफ्नो ठाउँमा आफ्नै महत्व रहेको हुन्छ, डिके सरको आफ्नै महत्व छ टिकाराम सरको आफ्नै महत्व छ हाम्रो भनाई के भने अध्यक्ष बाहेक सबै एक कार्यकाल पदाधिकारीमा रहेका साथीहरुलाई उहीँ पदमा दोहोर्याउने र अध्यक्ष पदमा टिकाराम पुरीको नेतृत्व आवश्यक रहेको बिषयमा मेरो सहमति छ भनी अध्यक्ष श्रेष्ठले प्रष्ट्याए ।

कुराकानीको क्रममा उनले भने, ‘हरेक हिसाबले आजको आबश्यकता उहाँ नै हो भन्ने मलाई लाग्छ त्यसकारण अहिले प्याब्सन र आजका व्यापक समस्याहरुको समाधान गर्न सक्ने नेतृत्व भनेको टिकाराम पुरी नै हो भन्ने बिषयमा म पुरापुर बिस्वस्त छु र यो नै विषयमा सहमति गर्नुपर्छ भनेर हामी लागिरहेको अवस्था छ ।’

सहमतिका लागि अथक प्रयास गरिरहेका श्रेष्ठले बार्ता संवाद साथै दबाब सिर्जना गरेर सार्थक परिणाम निकाल्न चाहिरहेको समेत खुलाए ।

काठमाडौंका सबै नगर तथा जिल्ला सम्म सहमति गराउन भूमिका खेलेका श्रेष्ठले त्यो प्रक्रियालाई प्रदेश नं. ३ सम्म पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

सबै नीजि विद्यालयले गल्ती गरेका छैनन । कति विद्यालय समस्या ग्रस्त छन् । गुण र दोषका आधारमा  सबैलाई एउटै चस्माले हेरिनु हुँदैन । काठमाडौंमा धेरै विद्यालय समस्या ग्रस्त छन् भनी टिप्पणी गरे ।

शिक्षा प्रतिवेदनको सन्दर्भमा श्रेष्ठले केही हल्लाहरु मात्र हुन यदि हल्ला चले जस्तै हो भने अहिलेको अबस्थामा राज्यले निजि विद्यालयमा हस्तक्षेप गर्न हुँदैन र त्यो सम्भव पनि छैन भनी आफ्नो धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्