शहिदकै कारण विश्वमा परिवर्तन भयो : अध्यक्ष दाहाल (प्रचण्ड)



२१ इटहरी २०७५, इटहरी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वमा भएका परिवर्तन शहीदको बलिदानीले भएको बताएका छन् । मङ्गलवार सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. १९ मा रहेको शहीद आवासीय स्मृति विद्यालयको भवन उद्घाटन र शहीद सप्ताह कार्यक्रमको समापन गर्दै प्रचण्डले शहीदको महत्वपूर्ण योगदानकै कारण नेपाल सहित विश्वमा परिवर्तन सम्भव भएको  बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले द्वन्द पीडित तथा शहिदका सन्तानको शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था राज्यले नै गर्ने बताउँदै बेपत्ता को खोजीमा आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए ।

शिक्षा क्षेत्रमा नेपाल अझै समस्या व्याप्त भएको बताउँदै प्रचण्डले नेपाली बालबालिकालाई कक्षा १२ सम्मको अध्यायन सक्न नै चुनौती रहेको बताए । स्नातकोत्तर सकेर पनि नेपाली युवा वैदेशिक रोजगारीमा जानुपरिरहेको अवस्था कहाली लाग्दो भएको प्रचण्डको भनाई छ ।

शिक्षा नीतिलाई समय सापेक्ष परिमार्जन गर्नुपर्नेमा नगरिएको तर्फ इङ्गित गर्दै प्रचण्डले शिक्षा नीतिमा आमूल परिवर्तन नगरिएसम्म विदेश पलायनलाई रोक्न असम्भव भएको बताए । ‘विद्यालयको पढाई सकेर विद्यार्थी जापनिज र कोरियन भाषा सिक्न बाध्य छन्, यसलाई निमुर्ल गर्न पनि शिक्षालाई समय सापेक्ष बनाउनु पर्छ ।’ उनले भने । नेकपा नेतृत्वको सरकार प्राविधिक धारको शिक्षा विकासमा लाग्न तत्पर रहेको प्रचण्डको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्