
२१ फागुन २०७५, काठमाडौं
नेपाल र बंगलादेश सरकारबीच दोहोरो करमुक्ति सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट राजश्व सचिव लाल शंकर घिमिरे र बङलादेशका तर्फबाट अर्थ मन्त्रालयका सिनियर सचिव मोसहरफ हुसैन भुईयानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
अर्थमन्त्री डा. युवराज खतिवडासँग बंगलादेशका हुसैन र नेपालस्थित बंगला देशकी राजदुत मसेफ बिन्टे सामले भेटवार्ता गरेका थिए । सम्झौता कार्यक्रममा मन्त्री खतिवडा र राजदूत साम समेत उपस्थिति थिए ।





