अक्षरा स्कुलमा चौथों फेका बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता हुँदै



२१ फागुन २०७५, काठमाडौं

चौथों फेका बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता फागुन २२ गतेबाट अक्षरा स्कुलको संयोजनमा अक्षरा स्कुल काडाघारिमा सुरु हुने भएको छ ।

प्रमुख अतिथी भुवन चन्द रहने उक्त प्रतियोगितामा फेका आवद्ध स्कुलहरुको सहभागिता रहनेछ । हालसम्म प्रतियोगितामा फेका आबद्ध १३ बिद्यालयले सहभागी हुने जानकारी प्राप्त भएको अक्षरा स्कुल काँडाघारिका सहायक प्रधानाध्यापक बिष्णु पनेरुले जानकारी दिए ।

परिवर्तन खबरसँग कुराकानीमा पनेरुले लोक संस्कृतिको जगेर्ना गर्न बिद्यार्थीहरुको प्रतिभाको बिकास गर्ने उद्देश्यले गरिएको जानकारी दिए ।

फेका अध्यक्ष नबराज भट्टले बिद्यार्थीको सर्वाङ्गीण बिकास गर्न फेकाले समयसमयमा विभिन्न कार्यक्रमको आयोजना गरिरहेको बताउँदै यस्ता कार्यक्रमले बिद्यार्थीको सिकाई क्षमताको बिकास गर्न मद्दत पुग्ने कुरा उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्