बालउद्धारमा ‘सेनेटरी प्याड’ वितरण



२१ फागुन २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाद्वारा बालउद्धार मा.वि.मा ‘सेनेटरी प्याड’ वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बूनपा उपप्रमुख रमादेवी राई, विशेष अतिथिहरु बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, संगम गहतराज, विन्दा गौतम तथा शिक्षकशिक्षिका र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा मन्तब्य राख्दै उपप्रमुख राईले यस्ता खालका कार्यक्रम निरन्तर रुपमा अगाडी बढाउनुपर्ने बताउँदै उनले महिला लक्षित ‘सेनेटरी’ प्याड वितरण कार्यक्रमले विद्यार्थीहरुमा ठुलो सहयोग पुग्ने बताईन् ।

उक्त कार्यक्रममा विद्यार्थीहरुलाई प्याड बनाउन सिकाईनुका साथै यसको प्रयोगको बारेमा जानकारी दिईएको थियो ।

कार्यक्रमको अध्यक्षता उक्त विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले गरेका थिए भने संचालन जनस्वास्थ्य शाखाका संयाेजक भवानी दाहालले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्