
२० फागुन २०७५, काठमाडौं
काठमाडौं महानगरपालिका वडा नं ७ स्थित चुच्चेपाटीमा अवस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीले विद्यालयको २० औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ ।

पूर्व संस्कृती, पर्यटन नागरिक तथा उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रका बिशिष्ट ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनु हुँने ब्यक्तिहरुमा प्रविधि अभियान्त तथा राष्ट्रिय आविष्कार तथा अनुसन्धान केन्द्रका सस्थापक डा. महावीर पुन लाई “प्राक्सिस प्रविधि अभियान्ता सम्मान २०७५“ ,विश्व साइकल यात्री पुष्कर शाहलाई “प्राक्सिस साहसिक ब्यक्तित्व सम्मान २०७५“, नेपाली चलचित्र जगतका चर्चित सुपर स्टार नायक रमेश उप्रेती लाई “प्राक्सिस दिर्घ कलाकार सम्मान २०७५“, बरिष्ट नृत्य निर्देशक महेश गोदारलाई “प्राक्सिस उत्कृष्ट नृत्य निर्देशक सम्मान २०७५“ लगायत विभिन्न अन्य व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियोे ।
उक्त समारोहमा विशिष्ट अतिथिको रुपमा पुर्व प्रधानन्यायाधीस केशव प्रसाद उपाध्याय थिए भने अतिथिको रुपमा एन प्याब्सन काठमाडौंका अध्यक्ष विष्णु पराजुली र काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष शुद्ध कुमार डङ्गोल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, सामाजिक संघ सस्थाका प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, नाटक, योगा, मार्सल आर्ट (कराते), राइम्स प्रस्तुति दिई दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । त्यसै गरि चर्चित राष्टिय गायक रुपक डोटेल, लोक गायक राजेन्द्र लामा, हास्य कलाकार राजेन्द्र गिरी (गुन्दुके) र स्माइल ब्याण्डले समेत प्रस्तुति देखाएका थिए ।
सो अवसरमा प्राक्सिसले मिस्टर एन्ड मिस प्राक्सिसको ग्रान्ड फिनाले गरेका थिएस जस्मा अर्चाना मोक्तानले मिस प्राक्सिस्को ताज आफ्नो पोल्टा पार्न सफल भएका थिए । मङ्लक्ष्मी राई र प्रतिष्ठा कटुवाल क्रमश फस्ट रनर अप र सेकेन्ड रनर अप हुन सफल भएका थिए भने मिस्टर प्राक्सिसको उपाधी मुकेश पान्डे हात पार्दा दिपेश श्रेष्ठले फस्ट रनर अपमा चित्त बुझाउनु परेको थियो ।
त्यही दिनलाइ विशेष बनाउदैं डान्सको पनि ग्रान्ड फिनाले सम्पन्न गरेका थिएस जस्मा अनुसा तिमल्सिना, अनामिका श्रेष्ठ, इरुसा श्रेष्ठ र डोल्मा शेर्पा क्रमशः प्रथम, द्दितिय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
कार्यक्रम सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने सबैसहयोगीलाई विद्यालयका प्रधानाध्यापक गेन्द्र लामाले धन्यवाद व्यक्त गरेका थिए ।





