नकारात्मक कुरा खोज्न पत्रकारले समय खेर फाले : मुख्यमन्त्री राई



२० फागुन २०७५, काठमाडौं

नेपाली सञ्चार माध्यमले भ्रमको खेती धेरै गरेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आरोप लगाएका छन् । इटहरीमा नेपाल टेलिभिजनले आयोजना गरेको पुर्नताजगी प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले पछिल्लो समय सञ्चार माध्यमले भ्रम फैलाउने काम गरिरहेको बताएका हुन् ।

कतिपय अनलाईन सञ्चार माध्यमले सम्पे्रषण गर्ने भ्रामक समाचार सामाग्री प्रति इङ्गित गर्दै राईले सञ्चार माध्यममा जबर्जस्त नकरात्मकताका कुराको खोजी र खेती गर्ने कुरामा पत्रकारहरुले समय खेर फालेकोे बताए । नकरात्मक समचारले गर्दा सिङ्गो समाज दिगभ्रमीत भएको हँुदा अब सकरात्मक पत्रकारिता तर्फ लाग्नुपर्ने उनको सुझाव छ । मुख्यमन्त्री राईले अब सञ्चार माध्यम थप विश्वसनीय हुनुपर्ने बेला आएको समेत बताए ।

प्रदेश सरकारप्रति जनताको विश्वास बढिरहेको भन्दै प्रदेश १ लाई देशभरिकै नमुना प्रदेश बनाउने समेत राईले दावी गरे । बर्तमान समयमा देशको मुख्य एजेन्डा विकास र समृद्धि रहेकाले त्यसमा मिडियाले सकारात्मक आलोचना गर्न लाग्नुपर्ने उनले बताए । यसैगरी प्रदेश १ का कानुन मन्त्री हिक्मत कार्कीले आम जनतामा सञ्चारमाध्यम प्रति विश्वास रहेको बताए । सञ्चार माध्यमले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उनको जोड थियो । मिडीयाले मात्र समाजमा सकरात्मक परिवर्तन गर्नसक्ने कार्कीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्