खुसीको खबर पत्नी पिडित पुरुषहरुको लागि : पत्नी पिडित पुरुष आश्रम



२० फागुन २०७५, काठमाडौं

भारतमा पत्नी पिडित पुरुषहरुको लागि आश्रय स्थापना भएको छ । यो आश्रम भारतमा फुलारे नामका व्यक्तिले आश्रमको स्थापना गरेका हुन् । पत्नी बाट पिडित उनी जस्तै ४ जना साथीसँग मिलेर सन् १९१६ को पुरुष पिडित दिवसको दिन आश्रमको सुरुवात गरिएको हो ।

भारतमा पत्नी पिडित पुरुषहरुको लागि आश्रय स्थापना भएको छ । महाराष्ट्रको औरंगाबाट १२ किलोमिटर टाढा शिरडी मुम्बाइ हाइवे छेउमा यो आश्रम रहेको छ ।

आश्रममा सुरुमा केवल नजिकका सहरका पुरुषहरु आउने गरेका भएपनि अहिले छत्तिसगढ, गुजराँत, कर्नाटक, आन्ध्र प्रदेश लगायतका राज्यमा मानिसहरु पनि आउने गरेका छन् । यो आश्रममा बस्ने योग्यताका लागि पत्नी पीडितहरुका केही मापदण्ड तोकिएको छ ।

पत्नीद्वारा कम्तिमा २० मुद्दा दायर भएका, पत्नीले मुद्दा हालेपछि नोकरी गुमाएका, पत्नीलाई मानाचामल भर्न नसक्दा जेल परेर छुटेका, अर्को बिहे गर्ने मन नभएका र आफ्नो योग्यता अनुसारको काम गर्ने जाँगर भएका पुरुषहरुले मात्र यो आश्रममा बस्ने ठाउँ पाउँदछन् ।

प्रतिक्रिया दिनुहोस्