
१९ फागुन २०७५, काठमाडौं
हिन्दुहरुको एक विशेष पर्व शिवरात्री भोली परेको छ । विशेष गरि सोमबारको दिन शिवजीको पूजाआजा गर्नु राम्रो मानिन्छ । शिवको मुख्य पर्वको रुपमा शिवरात्रीमा उत्पती भएको पर्व चार प्रमुख नाम कालरात्रि, मोहररात्रि, सुखरात्रि र शिवरात्रिको रुपमा उल्लेख गरिएको हो । यो दिन शिव भगवानको आरधना गरे सुख, शान्ती, समृद्धि र धन प्राप्त हुने मानिएको छ ।
त्यसकारण आज हामी महाशिवरात्रीको दिन पुजाआरधना गर्ने विधि बताउन लागिरहेका छौँ ।
१. शिवलिंगीमा उखूकोे रस चदाएर ऊँ नमः शिवाय मंन्त्रको जप जप्ने । समस्याको समाधान गर्न शिवसँग क्षमा माग्ने । यसबाट आर्थिक संकटबाट मुक्ति पाइन्छ ।
२. शिवको मन्दिरमा गएर शिलिंगीमा दिप बाल्ने, त्यसपछि ऊँ साबं सदा शिवाय नमः मन्त्र १०८ पटक जप्ने र साथमा रुद्राक्षको माला प्रयोग गर्ने ।
३. शुद्ध जलमा दूध मिसाएर गंगाजल भढाउने, यसबेला औम नमः शिवाय मन्त्र जप्ने ।
४.भगवान शिवलाई चन्दन चढाउने र शिवलिंगमा बेलपत्र धतुरो चढाउने ।
५.शिवको पूजा गरिसके पछि १० पटक ओम नमः शिवाय जप जप्ने ।
६.पूजाको अन्तिममा मिठाई चढाउने ।





