घट्यो सुनको भाउ पाँच दिनमा १३ सय !



१९ फागुन २०७५, काठमाडौँ

पछिल्लो  दिनमा सूनको भाउ एक हजार ३ सय रुपैयाँ घटेको छ । १४ फागुनमा प्रतितोला ६२ हजार ८ सय रुपैयाँ रहेको र सुनको भाउ आईतबार ६१ हजार पाचँ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा शनिबार सुनको भाउ प्रतिऔंस झन्डै २० डलर घटेपछि त्यसको प्रभावले नेपालमा पनि घटेको हो ।

१५ फागुनमा ६२ हजार ६ सय रहेको सुनको भाउ त्यसको भोलिपल्ट १६ फागुनमा दूई सय रुपैयाँ घटेदै ६२ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै १७ फागुनमा एकैदिन ४ सय रुपैयाँ घटेर प्रतितोला ६२ हजारमा कारोबार भएको महासंघले जनाएको छ ।

शनिबार एकैदिन थप पाँचसय रुपैयाँ घट्दै सूनको भाउ प्रतितोल ६१ सयमा आइपूगेकोे छ ।
अन्तर्राष्ट्रिय बजारमा शनिबार १९.१४ डलर घट्दै आईतबार सुन प्रतिऔंस एक हजार २ सय ९३ डलरमा कारोबार भईरहेको छ । अमेरिका र चिनबीचको व्यापारिक तनाव हल हूने संकेतपछि त्यसको सोझो प्रभाव सुन बजारमा परेको तेजरत्न शाक्यले बताएका छन्।

आइतबार तेजाबी सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ६१ हजार ७ सय रहेको तेजाबी सुनको भाउ शनिबार ५ सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदी शुक्रबार ७ सय ७० रुपैयाँ प्रतितोला रहेकोमा १० रुपैयाँ घटेर आइतबार ७ सय ६० मा किनबेच भइरहेको छ ।
नेपाली बजारमा दैनिक १८ देखि २० किलो सुन किनबेच हुने गरेको छ । तर, सुन महंगो हुँदा बिक्री बढ्न नसकेको व्यवसायीले बताएका छन्।

सिजनमा समेत सुनको मूल्य वृद्धि हुँदा कारोबार घटेको व्यवसायी मणिकरत्न शाक्यले जानकारी बताएका छन्। । विवाहको लगन सकिँदै गएकाले पनि अब सुनको बिक्री झन् घट्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्