टिकटकमाथि ५७ करोड जरिवाना !



१९ फागुन २०७५, काठमाडौँ

छोटो भिडियो शेयरिङ एप टिकटकमाथि अमेरिकमा अहिलेसम्मकै सबैभन्दा धेरै जरिवाना लागेको छ ।
बालबालिका सम्बद्ध डाटाको गोपनियता सम्बन्धी मूद्दामा टिकटकले ५७ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ । साथै टिकटक अबदेखि १३ वर्षभन्दा कम उमेरका बालबलिका प्रयोगकर्ताको गोपनीयता सम्बन्धमा नयाँ व्यवस्था पनि लागु गरिएको छ।

अमेरिकाको संघीय व्यापार आयोगले टिकटकद्वारा कम उमेरका बालबालिकाका सामाग्रीहरु समेत विना रोकतोक तथा प्रशारण गर्ने गरेको जनाएको छ । आयोगले बालबालिका सम्बद्द सामाग्रीहरु हटाउन टिकटकलाई आदेश दिएको छ । अबदेखि अमेरिकामा टिकटक प्रयोगकर्ताले यस एपमा लगईन गर्नका लागि आफ्नो उमेर प्रमाणित गर्नुपर्ने छ।
यद्पि अन्य सोसल मिडिया प्लाटर्फममा जस्तै प्रयोगकर्ता उमेरको प्रमाणीकरण चाहिँ विश्वासको भरमै हुनेछ । अर्थात प्रयोकर्ताले आफ्नो उमेर ढाँटेर लगईन गरको खण्डमा त्यसको चेकजाँच गर्ने कुनै संयन्त्र हुनेछैन ।
प्रयोगकर्ताको उमेर प्रमाणिकरण तत्काल अमेरिकामा मात्र लागू हूनेछ । उता टिकटक भने प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतालाई आफुले गम्भीर रुपमा ख्याल गरेको बताउँदै यसमा आफु प्रतिबद्ध रहेको र सुरक्षाका विधिहरुलाई विस्तार गर्दै रहेको बताएको छ।

स्मरण रहोस टिकटक सन् २०१८ मा सबैभन्दा धेरै डाउनलोड भएको एप बनेको छ । अमेरिकी संघीय व्यापार आयोगका अनुसार म्युजिकली एपका अमेरिकी प्रयोगकर्ताको संख्या ६ करोड ५० लाख थियो । त्यसको ठूलो हिस्सा कम उमेरका बालबालिकाको रहेको थियो ।
टिकटकको मातृ कम्पनी बाइट डान्सले सन् २०१७ मा म्युजिकली एप खरिद गरेको छ । चिनिया कम्पनी बाइट डान्सले म्युजिकली खरीद गरेसँगै टिकटकमा विलय गराएको थियो । टिकटक एपमा प्रयोगकर्ताले छोटो आकारको भिडियो रेकर्ड गर्न, त्यसमा संगीत भर्न र त्यसलाई शेयर गर्न सक्दछन् ।

म्युजिकलीले सुरुका तीन वर्षसम्म प्रयोगकर्ताको उमेर सोध्ने गरेको थिएन । सन् २०१७ देखि नयाँ अकाउन्ट खोल्नेका लागि उमेर सोध्न थालिएको थियो र १३ वर्षभन्दा कम उमेरका बालबालिकाले म्युजिकली एपमा अकाउन्ट खोल्न नपाउने व्यवस्था गरियो ।

यद्यपि त्यस अगाडि नै म्युजिकली एपमा अकाउन्ट खोलेकाहरुका लागि भने उमेरको कुनै बन्देज लागेन । आफ्नो अकाउन्टमा लगइन गर्दा जुनसुकै उमेरका पुराना प्रयोगकर्ताले सहजै म्युजिकली प्रयोग गर्न पाए ।

आयोगले गरेको अनुसन्धानका क्रममा म्युजिकली एपमा पुराना प्रयोगकर्ता मध्ये ठूलो संख्यामा १३ वर्षमुनिका रहेको पाइएको छ ।
उसले त्यस्ता केही अमेरिकी बालबालिकाको टिकटक अकाउन्ट पछिल्लो समयमा अभिभावकको मन्जुरी लिएर निस्क्रिय समेत पारिदिएको छ । तर यसरी डिएक्टिभेट गरेका अकाउन्टहरुमा रहेका डाटाहरु वा पोष्ट गरेका भिडियोहरु भने हटाइएको छैन ।

अहिले विश्वमा टिकटकका प्रयोगकर्ताको संख्या १ अर्ब नाघिसकेको छ । संघीय व्यापार आयोगले म्युजिकली एपले बालबालिकाको अनलाइन गोपनीयता संरक्षण सम्बन्धी कानून उल्लंघन गर्ने कार्यको फलस्वरुप टिकटकमाथि जरिवाना लागेको छ ।

साथै आयोगले कुनैपनि बालबालिकाले टिकटक प्रयोग गरेको पाईएमा त्यसबारेमा उनीहरुका अभिभावकलाई जानकारी गराउन तथा बालबालिकाको डाटा कसरी संकलन गरिन्छ र प्रयोग गरिन्छ भन्ने विषयमा सजग हुन समेत टिकटकलाई आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्