जागे पोखराका पर्यटन व्यवसायी ! रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गर्न माग



१९ फागुन २०७५, काठमाडौं

विकासवादी नेताको छवि बनाएका दिवंगत जनप्रिय पोखरेली नेता रवीन्द्र अधिकारीको नाममै निर्माणाधीन पोखरा विमानस्थलको नामाकरण गर्नुपर्ने माग गर्दै पोखरामा क्रियाशील पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषद्ले माग गरेको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोखरेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “स्वर्गीय मन्त्रीज्यूले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउन संसदीय सार्वजनिक लेखा समितिको सदस्य, विकास समितिको सभापति हुँदै विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक भई कुशलतापूर्वक निभाउनुभएको भूमिका र पछिल्लो समय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भईसकेपछि आन्तरिक विमानस्थललाई स्तरोन्नति गर्दै संचालनमा ल्याउनेदेखि नयाँ विमानस्थल निर्माणलाई पनि अगाडि बढाउने थालनी साथै पोखरा क्षेत्रीय विमानस्थललाई समयमानै  सम्पन्न गर्न खेलिएका भूमिका सह्रानीय छन् । नेपालको पर्यटन विकासमा स्पष्ट योजनाका साथ वहाँले पुर्याउनुभएको योगदानको मूल्याङ्कन र उच्च सम्मान गर्दै पोखराको निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका लगायत सम्बन्धित सबै निकायमा हार्दिक अनुरोध गर्दछौं ।”

पोखरा पर्यटन परिषद्द्वारा जारी विज्ञप्ती :

यता काठमाडौंको ठमेलमा व्यवसाय संचालन गर्ने सफल युवा व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य राजेन्द्र प्रसाद सापकोटाले समेत सामाजिक संजाल फेसबुकमा स्टाट्स लेखी ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपाका केन्द्रीय नेता तथा कार्यकर्ता देखि पर्यटन व्यवसायी सम्मले विमानस्थलको नामाकरणमा चासो दिएपनि पोखरा महानगरपालिका, पोखराबाट निर्वाचित सांसदहरु र गण्डकी प्रदेश सरकारले दिवंगत नेता रवीन्द्र अधिकारीप्रति गरेको वेवास्ताले समर्थक र शुभेच्छुकहरु चिन्तित बनेका छन् ।

यो पनि पढ्नुहोस्

नामाकरण रवीन्द्र अधिकारी विमानस्थल हुनैपर्छ ! शेयर गरौ, नागरिक दवाब सिर्जना गरौँ

प्रतिक्रिया दिनुहोस्