कामपा १५ मा चौबीस लाख बजेट विनियोजन



१८ फागुन २०७५, काठमाडौें

काठमाडौँ महानगरपालिका वडा न. १५ स्थित सेवा मार्ग, डल्लु आवासमा ढल निकास सहित सडक कालोपत्रे गर्न डल्लुआवास स्थानीय सहयोग समितिको पहलमा काठमाण्डौ महानगरपालिका वडा न. १५ मा चौबीस लाख पचपन्न हजार पाच सय छप्पन्न रुपैयाँ सत्तासी पैसा बजेट बिनियोजित गरिएको छ ।

उक्त ढल निकास सहित सडक कालोपत्रे गर्न काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवम् १५ का वडाध्यक्ष ईश्वरमान डंगोलको प्रमुख आतिथ्यतामा डल्लु आवास स्थानीय सहयोग  सतिमिका अध्यक्ष राजा शाक्यको अध्यक्षतामा कामपा १५ वडा सदस्य मैयाँ लक्ष्मी महर्जन, डल्लु आवास स्थानीय सहयोग समितिका सदस्यहरु सहित स्थानीय जनसमुदायको सल्लाह सुझाव एवम् सहयोगका लागि सम्बन्धित स्थानीयकै उपस्थितिमा सागर महर्जनको संयोजकत्वमा ९सदस्यीय सेवा मार्ग टोल सुधार उपसमिति गठन गरि निर्माण कार्य गर्ने सडकको निरीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्