
१७ फागुन २०७५, काठमाडौँ
अण्डालाई मांशाहारी खानेकुरा नमान्ने मानिसहरु पनि दूनियाँमा धेरै छन् । अर्थात् कतिपय आफुलाई शाकाहारी भन्नेहरुले पनि अण्डा खाने गर्दछन् ।
आखिर अण्डा शाकाहारी हो कि मांशाहारी ? यस विषयमा मानिसहरुले लामो समयदेखि नै बहस गदै आएका छन् ।
तर वैज्ञानिकहरुले यस्तो तथ्य लागाएका छन् कि जसले अण्डा मांशाहारी कि शाकाहारी भन्ने बहसलाई अब अन्त्य गरिदिनेछ । बजारमा पाइने धेरै अण्डाहरु बतासे, अर्थात गर्भाधान नभएका अण्डा हून् ।
अर्थात यी अण्डाबाट चल्ला कोरलिँदैन । यसको अर्थ अण्डाहरु विज्ञानको नजरमा शाकाहारी हो । पहेँलो भागमा कुरा गर्दा त्यसमा प्रोटिनसँगै कोलेस्ट्रोल र फ्याट पनि पाईन्छ ।
जब कुनैपनि अण्डा पोथीमा भाले पारिएको वा गर्भाधान भएको हून्छ तबमात्र त्यो अण्डा मांशाहारी बन्दछ । तपाई शाकाहारी हुनुहुन्छ भनेपनि तपाइँले नकोरेलिने बतासे अण्डा खान सक्नुहुन्छ । किनकि बतासे अण्डा शाकाहारी नै हुन्छ ।





