
१७ फागुन २०७५, काठमाडौँ
ह्युगो चाभेजको नेतृत्वमा कुनै समयमा अमेरिकालाई चुनौती गरेको देश पछिल्लो समयमा यति थिलथिलो भएको छ, अराजकता मौलाएको छ ।
भेनेजुयलामा एउटा यस्तो परम्परा छ, जसले त्यहाँको समाज अराजकता र अपराधप्रति कति आशक्त भन्ने देखाउँदछ ।
यस देशका मानिसहरुले अपराधीहरुलाई ईश्वर मानेर पूजा गर्दछन् । कुनै समयका कुख्यात तथा मरिसकेका अपराधीहरुलाई ईश्वर मानेर पूजा गर्ने एउटा अनौठो चलन भेनेजुयलामा रहेको छ ।
स्पेनिश भाषामा अपराधी देवताहरुलाई सान्टोस मेलेन्ड्रोस भनिन्छ । कुनै जमानाका कुख्यात अपराधीको पुत्ला बनाएर एकै ठाउँ राखिन्छ । त्यस्ता अपराधी देउताका पुत्ला हेर्ने मानिसहरुको भीड नै हुन्छ ।
अपराधका देवतामध्ये एउटा चर्चित नाम हो, लुई सान्चेज आफ्नो समयको कुख्यात अपराधी थियो । अहिले उनको पुत्ला बनाएर पूजा गरिन्छ । आखिर भेनेजुयलामा अपराधीको पूजा किन हुन्छ ?
वास्तवमा त्यस जमानामा ती अभियुक्तहरु त्यहाँको गरीब समाजको लागि ईश्वर जस्तै थिए । अमेरिकाबाट लुटेर ल्याएको धन उनीहरुले गरीब जनतालाई बाँड्दथे ।
अपराधी देवतालाई विभिन्न खाले उपहार चढाउँछन् मानिसहरु । त्यसरी चढाइने उपहार मध्ये रक्सी प्रमुख हो । अपराधी देवतालाई रक्सी चढाएर मनोकांक्षा पूरा हुने विश्वास छ ।





