अच्चमको कुरा : चिया मात्र पिएर ३३ वर्ष सम्म जिउँदै



१७ फागुन २०७५, काठमाडौँ

कुनै पनि मानिस अन्न नखाईकन कति समय बाँच्न सक्ला ? भारतका एकजना महिला चाहीँ ३३ वर्षसम्म केवल चिया मात्र पिएर बाँचिरहेकी छीन् ।
यो सुन्दा पत्यार नलाग्न सक्छ,अनौठ शारिरिक क्षमता देखेर डाक्टर पनि तीनछक्क परेका छन् ।

भारतको छत्तिसगढस्थित कोरिया जिल्लाको बरदिया गाउँमा बस्ने ४४ वर्षकी पल्ली देवी नामकी महिलाले पछिल्लो ३३ वर्षसम्म अन्न खाएकी छैनन् ।
पल्ली देवीले अचानक ११ वर्षको उमेरमा अन्न त्याग गरिन् । त्यहाँ बाट उनले आप्mनो मुखमा अन्न तथा शुद्ध पानी प्रयोग गरेका छैनन् ।
केवल चिया मात्र पियकी छीन् । उनको नाम नै चियावाली रहन गएको छ । उनी आफ्नो माईतीमै बस्दै आएकी छिन् । उनका बुवाको अनुसार उनी ६ कक्षामा पढ्दाखेरी अन्न त्याग गरेकी थिइन् ।

पहिले त एक दुई महिनासम्म उनले केवल विस्कुट चिया तथा ब्रेड सम्म खाएकी थिइनन् । तर विस्तारै उनले विस्कुट र ब्रेडपनि खान छाडीन् । एउटाख दुःखद कुरा त के छ भने सुरुमा उनले दूध राखेको चिया पिउँथिन् तर गरीबीका कारण घरमा दूध नभएपछि उनले फिक्का चिया पिउन थालीन् ।
डाक्टर भने पल्लीले ३३ वर्षसम्म केवल कालो चिया खाएर बाँचेको कुरा पत्याउन तयार छैनन् ।

यतिका वर्षसम्म केवल चियापत्ती र चिनी घोलेको पानी खाएर स्वस्थ भएर बाँच्न कसरी सम्भव भयो ? भन्ने प्रश्न डाक्टरहरुको छ ।
त्यसैले उनको शरीरको जाँच गर्नुुपर्ने डाक्टरहरुको भनाई छ ।

तर उनका भाइले भने आफु बुझ्ने भएदेखी कहिल्यै पनि पल्लीले खाएको नदेखेको भन्दै चिया पनि केवल दिन ढलेपछि मात्र पिउने गरेको दाबी गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्