सुन्दै अच्चम लाग्ने : जहाँ मन्दिरमा रातो खुर्सानीले अभिषेक गरिन्छ



१६ फागुन २०७५, काठमाडौँ

दक्षिण भारत विचित्र खाले मन्दिर तथा हिन्दु परम्पराका लागी चर्चित छ । त्यहाँ यस्तो मन्दिर पनि छ जहाँ रोगबाट बँँँच्नका लागी खुर्सानीबाट अभिषेक गराइन्छ ।

तमिलनाडूस्थित वेलुप्पुरा जिल्लामा पर्ने ईन्धाँचवाडी गाउँमा रहेको वर्ना मूथू मरियम्मन मन्दिरमा हरेक वर्ष ८ दिनसम्म यस्तो उत्सव मनाईन्छ । जहाँ खुर्सानीको अभिषेक हेर्नका लागी ठूलो संख्या भक्तmजनहरु उपस्थित हुन्छन् ।

मानिसहरुको स्वस्थ रहने कामना पुरा गर्नका लागी रातो खुर्सानीको अभिषेक गरिन्छ । मन्दिर परम्परा अनुसार त्यहाँका तिनजना सबैभन्दा वरिष्ठ मानिसहरु दिनभर उपवास गर्दछन्, अनि कपाल मुण्डन गर्दछन् ।

त्यसपछि मन्दिरमा ती मानिसहरुको पूजारीबाट पूजा हुन्छ । उनिहरुको विभिन्न सामाग्रीहरुबाट अभिषेक गरिन्छ । त्यसमा चन्दन फुलाका साथै खूर्सानीले अभिषेक गरिन्छ ।

तिनै जनाको जिउमा रातो खूर्सानीको लेप पनि दलिन्छ । खूर्सानीको लेदो पनि खूवाईन्छ ।
अन्त्यमा उनिहरुलाई निमको पानीले स्नान गराएर मन्दिर भित्र उनिहरुले बलेको भूगा्रेमाथी हिड्नु पर्दछ । सो गाउँमा पछिल्लो ८५ वर्षदेखि परम्मरा चलिआएको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्