
१७ फागुन २०७५, काठमाडौँ
ताप्लेजुङको चुहानडाँडामा दिवंगत भएका संकृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई गृह जिल्ला पोखरा लगिएको छ ।
बुधबार दिउँसो दुर्घटनामा परेको एयर डाइनेष्टिको हेलिकप्टरमा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको निधन भएको हो ।
सो दुर्घटनामा निधन भएकाहरुको शव विहिबार काठमाडौं ल्याइएको थियो । शव पोष्टमार्टम पछि सातै जनाको पार्थिव शरिरलाई सैनिकमञ्च टुँडिखेलमा श्रद्धान्जलीका लागि राखिएको थियो ।
८ बजेदेखि ११ बजेसम्म राखिएको श्रद्धाञ्जलीपछि मन्त्री अधिकारीको शवलाई पोखरा लगिएको हो । अधिकारीको शवलाई पोखरामा केहि घण्टा श्रद्धाञ्जलीका लागि राखिने र रामघाटमा आजै अन्त्यष्टि गरिने भएको छ ।
त्यस्तै पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शवलाई भने उनको घरमा दुई दिन सम्म राखिने र पर्सि टेकुमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । अन्य ५ जनाको शवलाई भने आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।





