
१७ फागुन २०७५, काठमाडौं
पशुपति शर्मा लोकगीतमा निकै चर्चित गायक हुन् । शर्मा भरिया देखि नेतासम्म सबैले अति रुचाउने गायक हुन् । केहि समय अघि उनको लुट कान्छा लुट भन्ने गीत बजारमा भाइरल भएको थियो । पछिल्लो समयमा फेरि त्यो गीतका शब्द बदलेर लुटन सम्म लुट कान्छा भन्ने गीत बजारमा ल्याएका भाइरल छन् । यो गीतलाई पनि जनताले अति रुचाएका छन् ।
जनताले मात्र कहाँ हो र ? पूर्व राजा ज्ञानेद्रले समेत उनको गीत मनपराएका छन् । देशमा भैरहेको घटनाहरु गीत मार्फत प्रस्फुटन गरेकोमा गायक पशुपति शर्मालाई पूर्व राजाले धन्यवाद दिएका छन् । आवाज विहिन बनेका नेपालीहरुलाई एउटै गीतले धेरै कुरा बताएकोमा स्याबासी दिदै पूर्व राजाले भने….
देशमा लुटेर खानेहरुलाई यो गीतले पिडा दिएको छ । दैनिक करोडौ भ्रष्टाचार गर्नेहरुको बिरुद्धमा यती राम्रो गीत लेखेर देश भरीका जनताहरुलाई जागुरुक गराएकोमा शर्मा जनताको प्रिय पात्र बनेका त छदै छन। उनको गीतले छुट्टै तरङग ल्याएको छ ।
गीत सुनेर भ्रष्टाचारी र अधिनायकवादीहरु सहनै नसकेर मिडियामा आए र विरोध गरे तर गीत राम्रो छ ।





