
१६ फागुन २०७५, काठमाडौँ
नोकियाको नयाँ स्मार्टफोन नोकिया नाइन अहिलेसम्मकै उत्कृष्ट फोटो क्वालिटी दिने स्मार्टफोन बन्ने देखिएको छ ।
नोकियाको यो फोनबाट फोटो खिच्दा पछाडिको भागमा रहने ५ वटा मुख्य क्यामराले एकसाथ फोटो खिच्नेछन् र ति सबै क्यामराले कैद गरेका फोटो एकत्रित गरेर पुर्ण तस्वीर हुनेछ ।
यसले स्मार्टफोन क्यामराबाट हुने अहिलेसम्मकै उत्कृष्ट गुणस्तरको तयार हुनेछ । यसरी एकसाथ ५ वटा क्यामरामा कैद गरेको तस्वीरलाई एकत्रित गर्दा सुक्ष्म तथा बिहंगम दृश्ययुक्त तस्वीर तयार हुन्छ, जसलाई यसका ओरिजिनल अवस्थामा असर नपर्नेगरी अधिकतम रुपमा सम्पादन गर्न समेत सहज हुने नोकियाले दाबी गरेको छ ।
नोकियाका अनुसार यो स्मार्टफोनको क्यामराले लिने तस्वीर २ सय ४० मेगपिक्सृल रिजोलुुसन सम्मको हुनेछ ।
तर कतिपय विश्लेषकहरुले चाहीँ यो डिभाइस स्मार्टफोन बजारका लागी चुनौतिपूर्ण हुने बताएका छन् ।
यो नोकिया नाइन स्मार्टफोनको ५ वटा रियर क्यामरा १२ मेगापिक्सेलका रहेका छन् । साथै डेप्थ रिडिङका लागी यसमा इफ्रारेड सेन्सर पनि रहेको छ ती मध्य दुईवटा क्यामरामा रङ कैद गर्नका लागी रेड–ग्रिन –ब्लु सेन्सर रहेको छ ।
अन्य तिनवटा मोनोक्रोम सेन्सर रहेको छ । नोकिया ब्राडको स्वमित्व रहेको निर्माता एच एम डी ग्लोबलका अनुसार अत्याधुनिक डिजिटल क्यामरा भन्दा कम क्षमतायुक्त भएपनि यो स्मार्टफोनको क्यामरा विद्यमान सबै खाले स्मार्टफोन भन्दा उत्र्कष्ट रहेको छ ।





