पर्यटनमन्त्री अधिकारीको अन्त्येष्टि शुत्रबार पोखराको रामघाटमा हुने !



१६ फागुन २०७५, काठमाडौँ

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि पोखरामा गरिने भएको छ ।

बिहीबार काठमाडौँमा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी नेकपाले गर्ने श्रद्धाञ्जली कार्यक्रम पछि अधिकारीको शव पोखरा ल्याइने नेकपा गण्डकीले जनाएको छ ।

पोखरा ल्याईए लगत्तै अधिकारीको शव पोखरा प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यसपछि नयाँबजार, महेन्द्रपुलको बाटोबाट रानी पौवा हस्पिटल चोक हुँदै रामघाटमा र्पुयाएर राजकीय सम्मान साथ अन्त्येष्टि गरिने जनाइएको छ ।

त्यस्तै, फागुन १९ मा सबै जिल्लामा नेकपाको आयोजनामा शोकसभा गर्ने भएको छ । तीन दिनसम्म पार्टीको सबै तहको कार्यालयमा पार्टीका झन्डा आधा झुकाइने नेकपा गण्डकीले जनाएको छ ।

अधिकारीको सम्मान र अन्त्यष्टिको लागि नेकपा कास्की र गण्डकी प्रदेश सरकारको समन्वय रहेको छ । बिहीबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि नेकपाको केन्द्रीय कार्यालयमा अधिकारीको शवलाई श्रद्धाञ्जलीका लागि राखिने छ ।

त्यसपछि टुँडिखेलमा श्रद्धाञ्जलीका लागि लगिने बताईएको छ ।
सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्