
१६ फागुन २०७५, काठमाडौँ
पोखरामा निर्माण भईरहेको केवलकार वैशाख भित्रमा प्राविधिक परीक्षणको हुनेभएको छ । वैशाख भित्र लठ्ठा हालिसकेर गण्डोला जडान गरि प्राविधिक /इन्जिनियरिङ परीक्षण गरिने निर्माण कम्पनीले परिवर्तन खवरलाई जानकारी दिईएको छ ।
तीन चार महिनामा परीक्षणपछि दशैँमा सर्वसाधरणले केवलकार चढेर सराङकोटमा पुग्न सक्ने केवलकार निर्माता अन्नपूर्ण केवलकार प्रा.लि.का निर्देशन तीर्थराज त्रिपाठीले बताईएको छ ।
२०७४, साल माघदेखि काम थालेकोमा अहिलेसम्म ७० प्रतिशत काम सकिएको उनले बताए । भवन निर्माण अन्तिम चरणमा छ । मुख्य स्टेशनको काम भईरहेको छ । १८ टावर मध्य १५ वटा टावर जडान भइसकेका छन् भने अन्य ३ वटान पनि बेसमेन तयार भईसकको छ , उनले भने अहिले जापानीज प्राविधिकले तार जोड्नका लागि आवश्यक काम गरिरहेका छन् ।
जापानस्थित निपोन कम्पनीका सामान केवलकारमा प्रयोग भएका छन् । सोही कम्पनीबाट आएका तीन प्राविधिकले जडान कार्य गरिरहेका छन् । अन्नपूर्ण केवलकार पोखरा महानगरपालीका १८ सेदी देखि सराङकोटसम्म दुई दशकलव ४ मिलोमिटरको दुरीको छ ।
केवलकार निर्माणको सिभिलको काम भने चितवन कोई प्रालीले गरेका छन् । सराङकोटको टावर १ हजार ५ सय १५ मिटरको उचाईमा रोकिने छ ।
तल्लो स्टेशन समुद्री सतहदेखी ८ सय मिटरको उचाईमा छ । त्यो उचाई केवल ८ मिनेटको यात्रामा पुरा हुने जनाईएको छ ।
१८ वटा गण्डोला (डिब्बा) ले सर्वसाधरणलाई ओसार्ने र १७ वटा डिम्बाले यात्रुको क्षमताको हुने उनले बताईएको छ ।
टावर ५ मिटरदेखी १५० मिटर दूरीको फरकमा राखिने छ । प्रतिघण्टा पाचँ सय आउजाउ गर्न सकिने र केवलकारको लागत करिब १ अर्ब ३१ करोड रुपैयाँ लाग्ने प्रालिका निर्देशक त्रिपाठीले जानकारी गराए ।
केवलकारले सनराईज बैँका तथा नेपाल राष्ट्रिय वाणिज्य बैँकले ऋण लागानीमा निमार्ण गरेको हो केवलकार निमार्णले पोखराको पर्यटनमा नयाँ आयाम थपिने उनको दाबी छ ।





