मन्त्री चढेको हेलिकोप्टरमा सिट नपाकै राम्रो, संयोगले बाँचे-विजय सुब्बा



१६ फागुन २०७५, काठमाडौं

अधिकारीले विमानस्थलको अवलोकनको लागि सँगै जान फोन गर्ने बताएका थिए सुब्बालाई ।सांसद विजय सुब्बा पनि  मन्त्री अधिकारीसँगै एउटै हेलिकप्टरमा जाने तयार भएको थियो। उनी मन्त्री अधिकारीको फोन मात्र कुरिरहेका थिए ।

फोन कुरिरहेका उनलाई एकाएक गृह सचिव प्रेमकुमार राईले अप्रत्यासित यस्तो खबर सुनाएका थिए । मन्त्री चढेको हेलिकोप्टर दुर्घटना भएको ।

उनी भन्छन्, ‘खबर थाहा पाउँदा छाँगाबाट खसे झै भएँ ।’ उनी थप्छन्, ‘मेरो त होस हवास नै उड्यो । अझै पनि डर लागिरहेको छ । संयोगले बाँचे ।’

‘सिट भएको भए म पनि जान्थेँ । मेरो अवस्था पनि त्यस्तै हुन्थ्यो होला,’ दुखद् घटनालाई सम्झिँदै उनले भने, ‘यो सम्झँदा त एकदमै डर लाग्दो रहेछ ।’

प्रतिक्रिया दिनुहोस्