विश्वकै ठूलो शार्क माछा भेटियो !



१५ फागुन २०७५, काठमाडौँ

अमेरिकाको हवाई द्विपस्थित समुद्रमा विश्वकै ठूलो आकारको शार्क प्रजातिको माछा फेला परेको छ ।

स्थानीय गोताखोर तथा शार्क माछा संरक्षणकर्मीले उक्त भिमकाय माछा आफ्नो क्यामरामा कैद गरेका हुन् । उक्त माछाको लम्बाई ६ मिटर तथा तौल साढे दुई टन भएको अनुमान गरिएको छ ।
यो माछा आजभन्दा २० वर्षअघि शोधकर्ताहरुले फेला पारी टाँचा लगाएको माछा नै हुनसक्ने अड्कल काटिएको छ ।

त्यसबेला शोधकर्ताहरुले यसको नाम डीप ब्लू राखेका थिए ।
दुनियाको सबैभन्दा ठूलो यस शार्क माछा ५० वर्ष उमेरको भएको बताइएको छ ।

ओसन राम्से नामक ती संरक्षणकर्मीले उक्त शार्क माछाको भिडियो खिचेर इन्स्टाग्राममा अपलोड समेत गरेकी छिन् ।
भिडियोमा उनले उक्त भिमकाय माछालाई छोएको समेत देख्न सकिन्छ । उक्त शार्क माछा सम्भवत गर्भवती रहेको हुनसक्ने उनले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्