जवान रहन साङ्गलाको दुध !



१५ फागुन २०७५, काठमाडौँ

स्तनधारी दुध हुनु स्वभाविकै हो । तर के तपाइँले कुनै किट पतङ्गको दुधको बारेमा सुन्नुभएको छ ? अझ किराको दूध गाईको दूत भन्दा पनि धेरै फाइदाजनक हुन्छ, भन्ने सुन्दा सायद पत्याउनु हुन्न होला ।

आजसम्म तपाईले गाई, भैँसी बाखा्र लगायतका जनावरकोे दूध पिउनु भएको होला । पो्रटिन लागायतका विभिन्न पोषक तत्व दूधलाई निकै गुणकारी मानिन्छ । दुनियामा एउटा यस्तो प्रजातिको साङ्गला छ,जसले दूध दिन्छ । उक्त साङ्गलाले अण्डा पार्दैन बच्चा जन्माउँदछ ।

उक्त साङ्गलाको दूधमा अन्य जनावरको दूधको तुलनामा निकै धेरै पौष्टिक तत्व हुन्छ । विश्वका विभिन्न देशका मानिसहरुले साङ्गलाको सेवन गरिरहेका छन् ।
भारतका वैज्ञानिक सुब्रमयण्यम रामाश्वमईले यस विषयमा अनुसन्धान गरेका छन् । उनका अनुसार दूध दिने साङ्गला प्रजातिको नाम डिप्लोप्टेरा अर्थात् प्यासिफिक बिटल कक्रोज हो ।

यो साङ्गलाका बच्चा धेरै समयसम्म बाँच्दछन् निकै स्वस्थ हुन्छन् । त्यसको मुख्य कारण चाहीँ साङ्गलाको दूध नै हो । अध्ययनको क्रममा गाईको दूधमा भन्दा उक्त साङ्गलाको दूधमा चार गुणा बढी पौष्टिक तत्व पाईन्छ ।

साङ्गलाको दूधमा प्रोटिन क्रिस्टल नामको एक धातु पाइन्छ । जसले उक्त दूधलाई निकै पौष्टिक तथा शक्तिशाली बनाउँदछ ।

प्रतिक्रिया दिनुहोस्