
१५ फागुन २०७५, काठमाडौं
सबैको सपनाको महल आ-आफ्नो तरिकाले बिभिन्न किसिमका हुन्छ । केहि धन कमाउ अनि जीवन सुखिमय बिताउन पाउँ, सबैको इच्छा र आकाङच्छा हुन्छ । त्यस्तै क्रममा कोहि वैदेशिक रोजगारमा, कोहि व्यापार विस्नेस अनेक कार्यमा लागिपर्छ । रहर पनि कसै-कसैको, तर अधिकाम्सको बाध्यता र परिस्थितीले प्राय वैदेशिक रोजगारमा लाग्छ । यस्तै क्रममा सिमा लामिछाने पनि आफ्नो सुन्दर सपनालाई पुरा गर्न विदेशिय, मायाको जालमा फसाएर उनले जे जत्ती कमाएको रकम र गरगहना लुटिएको छ ।
सिमा लामिछानेको जस्ताको त्यस्तै अभिव्यक्ति :
नमस्कार म धेरै समस्य मा परेको छु सुन्दर सपना बोकि दुबई आएको थिए तर आज एक पापी मान्छेले मलाई न घरको न घाटको पारेको छ म भिजिट भिसामा आएको पनि करिब ४/५ बर्ष भयो घरमा काम पाएको थिए दुख कष्ट काम पनि थिकै चलेको थियो । अलि बढी दु:ख भएर मैले उहाँलाई भने उहाँँले बाहिर काम खोजिदिनु भयो । काम पनि पाए भन्नू भयो अनि हामी दुबैजनाले काम गर्न थाल्यौं हाम्रो रूम एउटै ल्याएयौ ।
हामी बिच श्रीमती/श्रीमान को जस्तो माया बड्यो र हामी दुबैले सङ्गै पैसा कमाएर नेपाल गएर जीवन बिटाउने बाचा भयो । हामी सगै खाने सगै सुत्ने ले गर्दा बढी विस्वास निकै बड्यो हाम्रो सम्बन्ध ६/७ महिना चल्यो मैले सबै कमाएको पैसा गरगहना उहाँलाई नै दिन्थे । र एकदिन अचानक उहाँले सबै सामान कपडा पैसा गहना हरु सबै गाडीमा हालेर जानू भएछ। यो कुरा मेरो एकजना गोर्खा को दि दि ले भन्नू भयो । त्यतिखेर मान्छे सम्पर्कबिहिन भयो हामिले धेरै खोज्यौ फोनगर्यौ उहाँको आफन्त हरुलाइ उहाँकै बुढिलाइ पनि यो कुरा थाहा थियो ।
मलाई धेरै टेन्सन पर्न थाल्यो साथमा पैसा छैन, सारै बिरामी परे। उहाँलाइ गोर्खा को दिदिले पनि धेरै फोन कोसिस गर्दा ” बल्ल एकदिन फोन लाग्यो मैले आफ्नो कुरा सबै सुनाए उहाँले भन्नू भयो । हाम्रो सम्बन्ध घरमा सबैलाई थाहा भयो । अब हामी छुट्टीएर बस्नु पर्छ भन्यो त्यसदिन देखि उ सम्पर्क बिहिन छ मेरो मैले सबै कमाएको धन पैसा सबै लुट्नु सम्म लुट्यो । म संघ अहिले लगाउने लुगा पनि छैन खने पनि छैन रूम भाडा तिर्ने पनि छैन । बिरामी छु मेरो जीवन मा आगो लगाइदियो यो झलक मगर भन्ने मान्छे सारै पापी रहेछ।
चिल्लो कुरा गरेर मलाइ बर्बाद पर्यो म नेपाल एम बि सि मा पनि धेरै पटक धाए तर मेरो कुरा कसैले सुनेन् हुन्छ। भनेर मार्तै टारी दिए मेरो अबस्था नैकै कम्जोर हुदैछ । बिरानो देशमा नत पैसा नत आफन्त भको छु के म एसरी मर्ने हो त्यो पानीलाई लाई सजाय दिनु पर्यो मेरो पैसा असुल गरिदिनु पर्यो । म मर्ने बाच्ने थाहा छैन सम्पुर्ण मिडिया बाट सहयोग को अन्तिम अपेक्षा राखेको छु।





