कपन प्रहरी प्रभागको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै



१४ फागुन २०७५, काठमाडौं

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय– प्रहरी साझेदारी कार्यक्रम हुने क्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं ११ को शारदा एकेडेमीमा सम्पन्न भएको छ ।

‘हर प्रहर, गाँउ र नगरी ! टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ शुरु गरिएको नेपाल प्रहरीको अभियान अहिले देशका विभिन्न विद्यालयहरुमा हुँदै आएका छन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथि बौद्ध वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चद, विशेष अतिथि बूनपा वडा नं ११ कार्यवहक वडाध्यक्ष विनोद तमाङ, शारदा एकेडेमीका डाईरेक्टर धनबहादुर राय, प्रधानाध्यापक झवि राई, शिक्षकशिक्षिकाहरु तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कपन प्रहरी प्रभागले बालबालिकाहरुमा लागूऔषध दुर्व्यसनीको बारेमा सचेत गराएको थियो । सो अन्तर्गतको कार्यक्रममा बालयौन, बालश्रम, बालअपराध, बलात्कार, मावन बेचबिखन तथा बाल हिंसाको बारेमा प्रहरी प्रभागद्वारा जानकारी गराउँदै आईरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बौद्ध वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चदले समुदाय–प्रहरी साझेदारी कार्यक्रम विभिन्न संघ संस्थाहरु र विद्यालयसँग सहकार्य गरेर कार्यक्रम अगाडी बढाएको बताए ।

प्रनाउ चन्दले कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई समाजमा हिंसा फैलाउने खालका कुनै पनि क्रियाकलापहरु कही कतै भएमा नजिकको प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरेका थिए । उनले नेपाल प्रहरी, स्थानीय तह, मिडिया र समुदायसँग समन्वय गरि यो अभियान अगाडी बढाईएको बताएका थिए ।

प्रमुख अतिथि बौद्ध वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक चदले विद्यार्थीहरुलाई पर्चा समेत हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि बूनपा वडा नं ११ कार्यवहक वडाध्यक्ष विनोद तमाङले विद्यालयमा जनचेतनामूलक खालका कार्यक्रम हुनु गौरवको कुरा भएको बताउँदै ‘समुदायमा सकारात्मक काम गर्नेको लागि सम्मान र नराम्रो काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनका लागि बर्दि लगाएका प्रहरीले मात्र नभई बर्दि नलगाएका प्रहरीले पनि सहयोग गनुपर्ने बताएका थिए ।

पर्चामा बालबालिकाहरुलाई लागूऔषध लगायत विभिन्न किसिमका लतमा पर्नबाट छुटाउने जानकारी गराईएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक झवि राईले वर्तमान स्थितिमा प्रहरी र विद्यार्थीहरुमा नजिकको सम्बन्ध स्थापित हुने बताए ।

कपन प्रहरी प्रभाग प्रमुख मिन बहादुर कुँवरद्वारा प्रशिक्षण दिईएको लागु औषध दुर्व्यसनी सम्बन्धि कार्यक्रममा भिडियो मार्फत जनचेतना दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्