
१४ फागुन २०७५, इटहरी
विवेकशील साझा पार्टीले भ्रष्टाचारमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै देशैभरीका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालयमा ध्यानाकर्षण गराएको छ ।
पार्टीले संचालन गरेको देशव्यापी अभियानको निरन्तरतामा प्रदेश नं १ को इटहरीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा ज्ञापनपत्र बुझाउँदै अनियमिततामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
पार्टीका प्रदेश नं. १ का संयोजक अनिल भेटवाल लगायतको टोलीले अख्तियार कार्यलयका उपसचिव राजेन्द भट्टराईलाई कार्यलयको गेट वाहीरनै ज्ञापनपत्र बुझाएका थिए । शुरक्षा निकायले गेट भित्र प्रवेश गर्न नदिएपछि उनिहरुले गेटवाहीरनै ज्ञापनपत्र बुझाएका थिए ।
नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरण, ३३ किलो सुन तस्करी प्रकरण, एनसेल प्रालिको लाभ कर, नेपाल आयल निगमको जग्गा खरिद प्रक्रिया, नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा भएको अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गर्न पार्टीले माग गरेको छ ।
ज्ञापन पत्र वुझाएर संचारकर्मीसंग वोल्दै प्रदेश १ संयोजक भेटवालले आफुहरुलाई कार्यलय भित्र पसेर ज्ञापन पत्र वुझाउन नदिएकोमा खेद प्रकट गरेका छन । ‘सान्तिपुर्ण तरीकाले आफुहरुले ध्यानकर्षण गराउदा पनि कार्यलय भित्र पसेर कार्यलय प्रमुखलाई भेट्न नदिएकोमा खेद प्रकट गर्दछौ ।’ उनले भने ।
देशमा धेरै अनियमितता भएको र सरकारले त्यसको निरुपणमा कुनै अग्रसरता नदेखाएकाले पार्टीले ज्ञापनपत्र बुझाएको उनको भनाई छ ।





