
१४ फागुन २०७५, मुम्बई
बलिउड नगरीमा एक सफल तथा ब्यस्त नायिका हुन आलिया भट । कहिले सिद्धार्थ मल्होत्रासँगको अफियर त कहिले आईक्यू नलेजका कारण मिडियामा केन्द्रित भईरहने नायिका भट अहिले रणविर कपुरसँगको प्रेममा छन् ।

हालैमात्र उनले पे्रमी रणवीरलाई ब्रम्हास्त्रको सुटिङ्ग सेटमा छाडेर आफ्नो साथीको विवाहमा सरिक भएकी छिन् । उनले आफ्नो इन्स्ट्राग्राम एकाउन्ट मार्फत विवाहमा सरिक भएका केहि फोटोहरु शेयर गरेकी छिन् । सार्वजनिक फोटोमा उनले ब्लु र एल्लो रंगको लेंगा लगाएकी छिन भने एक फोटोमा उनी पिंक कलरको ड्रेस सजिएकी छिन् । जसमा उनलाई निकै क्युट देखिएको छ ।






