
१४ फागुन २०७५, काठमाडौं
यो विश्वको सबैभन्दा महँगो हिरा हो । विश्वकै ठूलो मानिएको यो हिराको मूल्य भारतीय ९ अर्ब पर्छ, नेपाली मूल्य अनुसार साढे १४ अर्ब पर्दछ । यो हिरा अहिले भारतको नयाँ दिल्ली स्थित राष्ट्रिय संग्रालयमा राखिएको छ । यो हिरा भारतीय सरकारको स्वामित्वमा रहेको छ ।
अफ्रिकाको किम्बर्ली खान हिराखानी बाट निकालिएको यो हिरा ४५७.५ क्यारेटको थियो । यो हिराको चोरी भएर बिस्तारै लण्डन, नेदरल्याण्ड हुदै गयो । त्यती खेर यो हिराको मूल्य १करोड २० लाख भारु पर्ने बताए । उक्त हिरा सम्राट महबूब अली खाँ पासाले ज्याकब नामको व्यापारी सँग खरिद गरेको हो ।





