
१४ फागुन २०७५, काठमाडौँ
केही वर्षअघि चिठी बोकेर घरको दैलोमा पुग्ने हुलाकीहरु पछिल्लो समय देख्न छाडिएको छ । हुलाकीसँगै चिट्ठी पनि मुस्किल हुँदै गएको छ । चिठी पठाउने र चिठी बुझ्न जानेहरुका कारण घुईचो हुने हुलाक कार्यलयहरु सूनसान छन् ।
गाउँगाउँसम्म बिस्तर भएको इन्टरनेट सुविधाका कारण नै हुलाकी र चिट्ठी देख्न छाडिएको हो । प्रविधिको प्रयोग बढेसँगै हुलाकमार्पmत आउने चिठी पाउन कम भएको जिल्ला हुलाक कार्यालय पर्वतका निमित्त प्रमुख गोपाल अधिकारीले बताईएको छ ।
पछिल्लो समय सरकारी कार्यालयका चिट्ठीहरु मात्र आउने र जाने गरेको छ,’ उनले भने, सर्वसाधरणले चिठी पठाउन नै आउँदैनन् । व्यक्तिगत चिट्ठी घट्दै गए पनि सरकारी चिठीपत्र तथा पार्सल, डाँक सेवा भने चलिरहेको छ ।
अहिले सबैभन्दा बढी स्थानीय तहका चिट्ठीको आदानप्रदान बढी हुने गरेको छ । पर्वतमा रहेका ११ वटा इलाका हुलाक तथा ४३ ओटा अतिरिक्त हुलाक कार्यालयमा सरकारी चिठिपत्रहरुको मात्र कारोबार भैरहेको छ ।
जिल्लाभरि स्थायी र करार गरेर २०० जनाभन्दा बढी कर्मचारी जिल्ला हुलाकअन्र्तगत रहेका छन् । तर, हुलाक सेवा लिनेहरु नभएका कारण हुलाकमा कार्यरत कर्मचारीहरुको दिनचर्या कतिपयको कार्यालय हेरचाहा गरेर बित्ने गरेको छ ।
स्थानीय तहको निर्वाचनअघि सूनसान रहेका हुलाक कार्यालयहरु जनप्रतिनिाधि आएपछि केही चहलपहल बढेको छ ।





