
१४ फागुन २०७५, गोलन्जोर/बलबीर भुजेल
गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा रहेको श्री कौशिका माविकोे २१ कोठे पक्की भवनको छगाउपालिका उपाध्यक्ष गंगादेवी श्रेष्ठको प्रमुख आतिथ्यता तथा वडा नं ३ का वडाध्यक्ष पुष्कर बरालको विशेष अतिथ्यतामा एक कार्यक्रम गरि शिलान्यास गरिएको छ ।
एसियाली बिकास बैंकको ७ करोड ५५ लाख लागतमा दुई वटा तिनतले पक्की भवनको निर्माण गरिने भएको छ । २०१७ सालमा स्थापना भएको बिद्यालय ७२ सालको भुकम्पले क्षती पुर्याएको थियो । नयाँ भवन निर्माणको जिम्मा पञ्चकन्या निर्माणसेवा कम्पनीले लिएको छ भने १८ महिना भित्र काम सक्ने गरि सम्झौता भएको छ ।
बिद्यालय बालमैत्री, अपाङ्गमैत्री, भौतिक सुविधा सम्पन्न हुने बिद्यालयकी प्रधानाध्यापक मखन खड्काले जानकारी दिएका छन् । अहिले मासिक २५ सय भाडा तिरी ब्यतmीको जग्गामा अस्थाई शिक्षण केन्द्र निर्माण गरेर पठनपाठन सुचारु गरेको खड्काले जानकारी दिएका छन् ।





