अनौठ परम्परा : जहाँ बिहे नहुने पुरुषमाथी जोडतोडसँग कुटपिट गरिन्छ



१४ फागुन २०७५, काठमाडौँ

विश्वका केही ठाउँहरुमा यस्ता छन् जहाँ सदियौँदेखी अनौठ तथा रोचक परम्पराहरु प्रचलन रहेका छ । भारतको राजस्थानमा एउटा निकै अनौठ परम्परा रहेको छ, राजस्थानको एउटा समुदायमा यस्तो परम्परा छ, जहाँ बिहे नहुने पुरुषमाथी जोडतोडसँग कुटपिट गरिन्छ ।

राजस्थानको जोधपुर सहरमा उक्त परम्परा वषैँदेखि चलिरहेको छ । जसअनुसार जब कुनै युवकको बिहेमा कुनै प्रकारको बाधा उत्पन्न हुन्छ वा बिहे हुन सक्दैन, तब त्यस्तो युवकलाई उसका घर परिवारले रामधुलाई गर्दछ ।

आफ्नो बिहे नभएर चिन्ता परेको युवकमाथि आफ्नो घर परिवारले आखिर किन राम धुलाई गर्दा हुन् ?
यसको कारण निकै रोचक छ । अझ रोचक त के भने अविवाहित युवकलाई कुटपिट गर्नेचाहीँ घरमा विवाहित महिलाहरु नै हुन्छन् ।

यसरी घरका भाउजू आमा तथा अन्य विवाहित कहिलाहरुले कुटपिट गर्नाले त्यो अविवाहित युवकको अर्को साल बिहे हुन्छ भन्ने मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्