दाइजोमा दिइयो मुटु,मृगौला र आँखा



१४ फागुन २०७५, काठमाडौँ

राजस्थानको कोटा सम्भाग क्षेत्रका टिंक ओझा नामक युवको बिहेका क्रममा आगन्तुकहरुले उपहारको रुपमा आफ्ना अङ्गदान दिइयो ।

बिहेमा विभिन्न खालका सामानहरु दाइजो तथा उपहारको रुपमा दिने चलन त नौलो होइन । दैनिक प्रयोगका सामानहरु देखि गरगहना र सजावटका सामानहरु समेत दाइजो र उपहारको रुपमा दिइन्छ ।

तर जब बेहुला बेहुलीलाई बिहेमा मानिसको मुटु,मृगौला र आँखा दिइन्छ, तब के होला हालत ? हालै भारतमा एक दम्पतिको बिहेका क्रममा उपहारको रुपममा मानव अङ्गदान दिइयो ।

विवाहको लागी निम्ता गरिएका निमन्त्रणा कार्डमै बेहुला बेहुलीका लागी उपहारको रुपमा अरु चिज नल्याउन र उपहार दिने भए आफ्ना अङ्गदान गर्न भनिएको थियो ।
यस्तो निमन्त्रणा कार्ड देखेपछि धेरै आफन्तहरु त बिहेको निम्तो मान्नै आएनन् ।

तर जति आएपनि त्यसमध्ये धेरैले आफ्नो अङ्गदान गर्ने कबुलियतनामा पत्र उपहारको रुपमा बेहुला बेहुलीलाई प्रदान गरे ।
बेहुला ओझा स्थानिय एउटा संस्थामा काम गर्दछ । शाइन इण्डिया फाउनेसन नामक उक्त संस्थाले अङ्गदान तथा शरीरदान सम्बन्धमा जागरुकता फैलाउने तथा अभियान चलाउने काम गर्दछ ।

मानिसहरु अङ्गदान गर्नुपर्ने भनेपछि डराएर बिहेमै नआउलान भन्ने सम्भवना भएपछि उक्त संस्थाका केही स्वयंसेवाकहरु बिहेको अघिल्लो दिन गाउँभरी घुमेर अङ्गदानको बारेमा जनचेतना फैलाएका थिए ।

उक्त बिहेमा आएका पाहुना मध्ये ३९ भन्दा धेरै मानिसले आफ्नो मृत्युपछि आफ्ना विभिन्न अङ्गदानको घोषणा गरे । त्यस्तै ११० जनाले नेत्रदान गर्ने र ३ जनाले मृत्युपछि शरीर दान गर्ने कबुलियतनामा उपहारको रुपमा बुझाए ।

प्रतिक्रिया दिनुहोस्