दुवै मिर्गौला फेल भएकी यशोदाले गरिन सहयोगको याचना



१४ फागुन २०७५, सिन्धुली

दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेकी सिन्धुली जिल्ला दुधौली नगरपालीका वडा नं. २ की यशोदा खड्काको उपचारका लागि सहयोग गरिदिन उनका बुबा लालबहादुर खड्काले आग्रह गरेका छन् ।

दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराईरहेकी सिन्धुलीको दुधौली नगरपालीका वडा नं. २ नयाँटोलकी २३ वर्षीय यशोदाको किड्नी प्रत्यारोपण गर्न आवश्यक रकम जुटाइदिन उनका बुवाले आग्रह गरेका हुन् । करिव नौ महिनाअघि दुवै किड्नी बिग्रिएपछि सातामा दुईपटक डाइलाइसिस गराइरहेकी छिन् ।

शुरुमा गाउँमा समान्य रोगको उपचार गराएपनि व्यथाले च्याप्दै गएपछि विरगञ्जको नेशनल मेडिकल कलेज, त्यसपछि काठमाडौंको ओम अस्पताल हुँदै हाल जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचार गराईरहेकी यशोदाको उपचारमा अहिलेसम्म २० लाख खर्च भईसकेको छ ।

अहिले यशोदालाई ऋण सापट गरेर जेनतेन निरन्तर डाइलाइसिस गराईरहेको उनका बुवा लालबाहादुरले बताए  । निम्न आर्थिक अवस्था भएका खड्का अहिले आर्थिक अवस्था कमोजर भएपछि चिन्तीत छन् । विरामी यशोदाले सहयोगी संघसंस्था र व्यक्तिले सहयोग गरिदिए आफूले नयाँ जीवन पाउनसक्ने बताउँदै सहयोगको अपिल गरेकी छिन् ।

थप जानकारीका लागी विरामीका बुवा लालबाहादुरलाइ ९८४४१३९७४५ नम्वरमा फोन गरी जानकारी लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्