
प्रधानसेनापति पूर्णचन्द्र थापासँग युरोपियन युनियनका राजदूत भेरोनिका कोडीले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत कोडी बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो । सोही क्रममा कोडीले दैविप्रकोप उद्धार कार्यमा नेपाली सेनाले गरेको कार्यको प्रशंसा गर्दै नेपाली सेनासंग भईरहेको सहकार्यलाई अझ तिव्रता दिदै यस कार्यमा नेपाली सेनाको क्षमतालाई अभिबृद्धि गर्न सहयोग गर्ने समेत बताए ।





