
१३ फागुन २०७५,काठमाठौं
माया त माया हो, एक २२ बर्षका पाकिस्तानी युवती फेसबुसको माध्यमबाट एक नेपाली बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ बर्षका सुदिन आचार्य भन्ने एक युवासँग प्रेमको जालोमा फसेर नेपाल बिहे गर्न आइपुगेकी छिन् ।
प्रेमको न जात हुन्छ न धर्म प्रमाणित गर्दै उनको जन्म दिने बुबाआमा, घरपरिवार र देशलाई छोडेर नेपाल आएकि छिन् । उनको नाम अमना सफिक पाकिस्तान रवालपिण्डी पन्वाब प्रान्तकि हुन् ।
उनीहरुको छोटो समयको चिनजानले विवाहको निर्णय गर्न पुगेछ । र जिल्ला अदालतमा आइतबार विवाह दर्ता गरेका छन । नेपालको ग्रामीन बासिन्द झै बोल्न र लेख्न समेत भैसकेकी छिन ।





