सांसद श्रेष्ठद्वारा स्थानीय विकासको स्थलगत निरीक्षण (फोटो फिचर)



१३ फागनु २०७५, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले काठमाडौं महानगरपालिका वडा न. १३ स्थित मनमती खोला, पुरानो कालिमाटी ज्ञानोदय स्कुलको माथिल्लो भाग खोलामा निर्माण भईरहेको पर्खाल रितेनिङ्ग वालको स्थलगत निरीक्षण गरेका छन् ।

प्रदेश सरकार र क्षेत्र नं. ८ को स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बिनियोजित बजेटबाट निर्माण भईरहेको पर्खाल निरीक्षण तथा स्थानीयसँगको छलफलमा सांसद श्रेष्ठ सहित काठमाडौं महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष ध्रुव नारायण मानन्धर, कामपा वडा नं. १३ का सदस्य रामबाबु कोइराला लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

निरीक्षण तथा छलफलको क्रममा सांसद श्रेष्ठले निर्माण कार्य सम्पन्न भएपछि बर्षायाममा स्थानीयले घरमा खोला पस्ने समस्याबाट राहत पाउने बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्