थुलुङ राईहरुको कक्षा–२ को भाषिक पाठ्यक्रम ‘हालाम–न’ निर्माणका लागि सहयोगको अपिल !



१३ फाल्गुन २०७५, काठमाडौं

आर्थिक पाटोबिना कुनै पनि काम फत्ते हुन सक्दैन ।

काम सानो होस् वा ठुलो । विकासको होस् वा निकासको । सबैमा आर्थिक पक्ष नै मजबुद हुनुपर्दछ ।

अनि कुनै काम यस्तो हुन्छ, जुन गर्नैपर्ने हुन्छ । तर, आर्थिक पाटोले टेवा दिएको हुँदैन । जहाँको एउटा विकल्प हो, मनकारी व्यक्तित्वहरुबाट सहयोगको आपेक्षा !

यस्तै अहिले ‘थुलुङ राई संस्कृति प्रतिष्ठान’ पनि आफ्नो कामलाई निरन्तरता दिने क्रममा ‘हालाम–न’ (कक्षा–२) को पाठ्यक्रम तयारीको अवस्थामा छ ।

यसअिघ नै ‘हालाम–को’ को (कक्षा–१) को पाठ्यक्रम प्रकाशन गरि पठनपाठनसमेत सुरु गरिसकेको प्रतिष्ठानले ‘हालाम–न’ पनि तयारी गर्न लागेको हो ।

जसका लागि प्रतिष्ठानसँग यथेष्ट आर्थिक पाटो नभएकाले सहयोगी मनहरुमाझ प्रतिष्ठान हात लम्काउँदछ ।

सहयोगी मनहरुका लागि !

ACCOUNT NO. 114 000 227 601

सम्पर्कको लागि मोबाईल नम्बरहरु !

अध्यक्ष: निर्कुधन राई– +977 9851149677
बरिष्ठ उपाध्यक्ष: खुक्सङ खम्बु राई– +977 9849605070

प्रतिक्रिया दिनुहोस्