
१३ फागुन २०७५, काठमाडौँ
विश्वकै सबैभन्दा ठुलो आकारको मौरी इण्डोनेसियाको एक जंगलमा फेला परेको छ । यो मौरी मानिसको औँला जत्तिकै ठुलो आकारका रहेको विज्ञहरुले बताएका छन् । जीव विज्ञहरुले उक्त प्रजातिको एक पोथी मौरी फेला पारेका हुन् ।
त्यो मौरीको नाम वालेस जाएन्ट बी हो । जीव वैज्ञानिक अल्फे्रड रसले वालसको नामबाट त्यो झिंगाको नाम राखिएको हो ।
वैज्ञानिकले सन १९८१ मा एक पटक उक्त प्रजातिको झिंगा देखेका थिए तर त्यसपछि त्यो मौरी कतै देखिएनन् । वैज्ञानिकले त्यो लोप भएको अनुमान गरेका थिए ।
गत जनवरीमा उत्तरी इण्डोेनेसियाको मल्यूकस टापुमा एक्कासी यो प्रजातिको एउटा मौरी देखा परेको हो । यो मौरीको पखेटाको आकार ६ सेमी रहेको छ । यसले उड्दाखेरी निकै ठुलो आवाज निकाल्छ ।





