
१३ फागुन २०७५, काठमाडौँ
जिउका विभिन्न अंगमा टाटु खोप्ने केहि मानिसका लागी शौखको विषय हुन्छ । भारतकी एक युवतिले आफ्नो त्यहिँ शौख पुरा गर्ने क्रममा विश्व किर्तिमान कायम गरेकी छीन् ।
२१ वर्षकी तेजस्वी प्रभुलकरले जिउका सबै अंगमा टाटु खोप्ने आफ्नो शौख पुरा गरिन । जसका कारण उनको नाम विश्व किर्तिमानमा दरिएको छ ।
मुम्बईमा बस्ने तेजस्वी प्रभुलकरले आफ्नो सरीरमा कुल १ सय ३ वटा टाटु बनाएकी छिन् । उनी जिउमा सबैभन्दा धेरै टाटु बनाउने भारतिय महिलाको रुपमा लिम्का बुक अफ वल्डस्मा उनको नाम दर्ज भएको छ ।
१७ वर्षकी हुँदा नै उनले जिउमा टाटु खोप्न थालेका हुन् । टाटुको अनौठ शोखकै कारण उनले आफ्नो घरपनि छाड्नु पर्यो ।
तरपनि उनले आफ्नो शौख छाडिनन् । टाटु आर्टिस्ट,पेन्टर तथा मोडेलको रुपमा उनले आफुलाई स्थापित गरिन् ।
उनले आफ्नै नाम तेजस्वी लेखेर जिउमा पहिलो टाटु खोपेकी थिइन ।





