एप्पल इन्टरनेशनल स्कुलको अभिभावक दिवसमा गुन्जिए अशोक र एआर



१२ फागुन २०७५, काठमाडौं

एप्पल इन्टरनेशनल स्कुलको १२ औं वार्षिकोत्सव तथा अभिभाबक दिवस सम्पन्न भएको छ ।

महिला तथा बालबालिका मन्त्री थममाया थापाको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा उक्त स्कुलमा अध्ययन गर्ने अहिलेका सर्वाधिक चर्चित बालकलार अशोक दर्जी तथा एआर बुढाथोकीले धमाकेदार प्रस्तुती दिएका छन् ।

कार्यक्रममा चर्चित गायक तथा संगीतकार टक बुढाथोकी, गायक तथा मोडल दुर्गेस थापा, लोक गायक टंक तिमिल्सिना लगायतले प्रस्तुती दिएका थिए । गायक अशोक दर्जीलाई एप्पल ईन्टरनेशल स्कुलले निःशुल्क पढाईरहेको छ ।

बालकलाकार अशोक दर्जी नेपालीमाझ चर्चित भइरहँदा उनी पढ्ने स्कुलको बारेमा केही थाहा थिएन साथै बालकलाकार एआर बुढाथोकी पनि एप्पल इन्टरनेशनल स्कुलमा नै अध्ययन गर्छन् ।

कार्यक्रममा बोल्दै एप्पल स्कुलका प्रधानाध्यापक  दिनानाथ मैनालीले बिद्यालयले बिद्यार्थीलाई जीवन जिउने कला सिकाईरहेको बताउनु भयो । उहाँले भन्नूभयो आज हामीले  अशोक दर्जी जस्ता बालबालिकाको भबिष्य उज्यालो पार्ने प्रयास  गरिरहेका छौं । यस्ता थुप्रै बालबालिकाको लागि हामी सबैले सकारात्मक भएर सोच्नु जरुरी छ ।

उहाँले बिक्रम लावतीलाई पनि आफुले निःसुल्क पढाईदिने घोषणा गर्नुभयो । अशोक दर्जी जसले यतिखेर नेपालमा निक्कै चर्चा बटुलिरहेका बेला बिक्रम लावती पनि अशोक दर्जीकै शैलीमा भेटिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्